☰ open Loading... 16 July 2024|  

सुर्खेतमा जरायाेकाे ४० किलाे सुकुटी पक्राउ
पश्चिम नेपाल   | २६ कार्तिक २०८०, आईतवार १५:३७

बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका छन् ।

निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले उनीहरुलाई गाेप्य सूचनाकाे आधारमा घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयाे । उनीहरुलाई एक वर्ष कैद, एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।