☰ open Loading... 23 June 2024|  

लुटेराको आक्रमण बाट दुई जना घाईते, धनमाल लुटपाट
पश्चिम नेपाल   | २७ कार्तिक २०८०, सोमबार ११:५१

रौतहटमा गएराती अज्ञात समुहको आक्रमण बाट दुई जना घाईते भएका छन भने धनमाल लुटेर लगेका छन । पछिल्लो समय शान्ति सुरक्षा बिग्रदै गएपछि लुटपाट र कुटपिटको घटनामा बृध्दि हुन थालेको छ ।

४ जना भन्दा बढिको समुहमा आएका लुटेराहरुले चन्द्रपुर नगरपालिका ५ निबासी सोनेलाल चौधरीको श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरी लाई धारिलो हतियार प्रहार गरी घाईते बनाउदै लुटपाट गरेका छन । चौधरीले घरमा लक्ष्मिमाताको पुजा गर्दा राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चादी लक्ष्मिपुजाको दिन अज्ञात समुहले लुटेर लगेको पीडित परिबारले जनाएको छ ।

घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । चौधरीको श्रीमती लाई टाउकोमा चोट लागेको छ । लुटेरा समुहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासी आक्रमण गरेको पीडित परिबारले जनाएका छन । ईलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले लुटेराको खोजी भैरहेको बताउनु भयो ।

चाडपर्बको बेला शान्ति सुरक्षामा प्रहरीले प्रभाबकारीता देखाउन नसक्दा लुटपाट र कुटपिटको घटना हुने गरेको छ ।