☰ open Loading... 23 June 2024|  

नेपालमा टिकटक आजैदेखि बन्द गरिने
पश्चिम नेपाल   | २७ कार्तिक २०८०, सोमबार १७:०९

नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो।

टिकटकले समाजमा नकारात्मक पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। यसको व्यवस्था भने सूचना प्रविधि मन्त्रालयले गरिरहेको छ।

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ।