☰ open Loading... 10 December 2023|  

टिकटक बन्दविरुद्ध सर्वोच्चमा १० रिट दर्ता, मंसिर ४ गते सुनुवाइ हुने
पश्चिम नेपाल   | १ मंसिर २०८०, शुक्रबार १८:३४

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको छ।

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध शुक्रबार १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद अधिकारीले जानकारी दिए।

सबै रिटको सुनुवाइ भने सोमबार हुने उनले बताए। आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबार सुनुवाइ हुने उनको भनाइ छ।

सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।