☰ open Loading... 16 July 2024|  

वनभोज खान गएको बस दुर्घटना ३६ घाइते
पश्चिम नेपाल   | ३ मंसिर २०८०, आईतवार १८:५८

इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा पर्ने कोल्बुङमा बस दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन्।

धनुषाधाम नगरपालिकाबाट कन्याम घुम्न र वनभोज खान आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदै गर्दा लसुनेमा राजमार्गबाट खसेर दुर्घटना भएको हो।

अरू घाइतेको उद्धार भइरहे पनि ११–१२ वर्षको देखिने एक बालक अहिले पनि रुखमा अड्किएको अवस्थामा रहेको र उनको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगूले बताए।

बसमा सवार ३७ मध्ये ३६ जना घाइते भएका हुन्। घटनास्थलमा उद्धार कार्य जारी छ।