☰ open Loading... 3 May 2024|  

बल्खुको अवस्था सामान्य,
पश्चिम नेपाल   | ७ मंसिर २०८०, बिहीबार १७:३५

काठमाडौँको बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच भएको झडप नियन्त्रणमा आएको छ। अहिले बल्खुको अवस्था सामान्य बनेको छ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरपीतर भएका छन्। अहिले प्रदर्शनकारीहरू ललितपुरको सानेपामा पुगेका छन्।

बल्खुमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको थियो भने प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए।