☰ open Loading... 17 September 2024|  

गठबन्धन सरकारले विकास गर्न सकेन्: अध्यक्ष ओली
पश्चिम नेपाल   | १७ मंसिर २०८०, आईतवार २०:५७

समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत ‘जनता र कार्यकर्तासँग’ जोडिन सुरु भएको यात्राको क्रममा दैलेखको रार्कम कर्णालीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशमा विकास गर्न नसकेको आरोप लगाएका छन्। उनले एमालेकै सरकारका पालामा भएको कामहरू वर्तमान सरकारले देखाउने गरेको आरोप लगाएका हुन्।

देशमा विकास निर्माणका कामहरू एमाले सरकारको नेतृत्व गर्दा भएको समेत बताए। उनले स्वास्थ्य लगायतका क्षेत्रहरूमा राम्रो काम आफूहरूले गरेको बताए। अध्यक्ष ओलीले भने, ‘एमाले विकासको लागि सधैं तप्पर रहेको छ।’ उनले राकम कर्णालीमा सुरु हुन लागेको १ सय शय्याको अस्पताल पनि आफ्नो पालामा निर्णय गरेको भन्दै विकासका लागि एमालेको देशमा योगदान बढी रहेको ठोकुवा समेत गरे। विकास निर्माण पार्टीको योगदान बढी गरेको भन्दै समय बढी खर्चेका ओलीले वर्तमान सरकारको समेत विरोध गरेका थिए।

बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै समृद्धि यात्राको सुरुवात गरेको एमालेले पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै चिवाभन्ज्याङ पुगेर कार्यक्रम सकिनेछ। यात्रा बिहीबारबाट सुरु भएको यात्रा ओलीको नेतृत्वमा करिब तीन सातासम्म चल्नेछ। यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू सहभागी छन्। जनताहरूसँग नजिक भएर पहाडी क्षेत्रको विकास लागि छलफल, संवाद र कार्ययोजनासहित यात्रा अघि बढ्ने अपेक्षा एमालेले लिएको छ। ओली नेतृत्वको टोली दैलेखको चामुण्डाविन्द्रासैनी हुँदै दुल्लु पुगेर पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको भैरवी गाउँपालिका –१ जलजलेमा अवलोकन गरेर आइतबार साँझ दैलेख सदरमुकाम दैलेख बजार बस्ने कार्यक्रम रहेको छ।