☰ open Loading... 22 June 2024|  

काठ मिलमा आजगनी हुँदै करोडौंको क्षती
पश्चिम नेपाल   | २१ मंसिर २०८०, बिहीबार ०९:३८

वीरेन्द्रनगर नगरपालिका ७ स्थित शिव सुन्दर स –मिलमा विहिवार विहान ५ बजे आजगनी भएको छ । आगजनी हुँदा मिलमा पुरै क्षती भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आजगनी ९ वजे नियन्त्रणमा आएको थियो । देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरुसहित बनाउने करोडौँका मेसिनहरु क्षती भएको प्रहरीले जनाएको छ । कति क्षती भयो भनेर प्रहरीले मुचुल्का तयार पार्दै गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्षमण शाहीले बताए ।
नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।