☰ open Loading... 17 May 2024|  

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा दीप प्रज्वलन कार्यक्रम
पश्चिम नेपाल   | २४ मंसिर २०८०, आईतवार १८:३५

सबैका लागि समानता, मर्यादा, स्वतन्त्रता र न्याय भन्ने मूल नाराका साथ ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन कर्णाली प्रदेशको आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्र चोकमा अधिकारकर्मीहरु, समाजसेवी, धर्मगुरु, सुरक्षाकर्मी, अधिवक्ताहरु, महिला अधिकारकर्मीहरु लगायतको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको प्रदेश संयोजक दीर्घ राज अधिकारीले बताए । टीका प्रसाद पोखरेलले कविता वाचन गरेका थिए । मानव अधिकार सबैको सरोकार हुनुपर्ने कोषाध्यक्ष इन्द्रा कुमारी चन्दले बताइन् ।