☰ open Loading... 4 May 2024|  

दुई लाख बढी नागरिकको घरमा स्टिकर
पश्चिम नेपाल   | २५ मंसिर २०८०, सोमबार ११:५८

२०८० वैशाख १ गतेबाट कर्णाली प्रदेशमा सुरक्षित कर्णाली विशेष अभियान २०८० लागु भएयता शान्ति सुरक्षा तथा घटनाहरुमा कमी आएको छ । अभियान अन्र्तगत कर्णालीका घरघरमा प्रहरी पुगेर नागरिकहरुको समस्या बुझ्नुका साथै परिवारको लगत संकलन र स्टिकर टाँस गरिरहेको छ । असार ३१ गते सुरु गरेको स्टिकर टाँस कार्यक्रममा कर्णाली प्रदेशका २ लाख ३२ हजार ७ सय ७४ घरमा प्रहरी पुगेको हो ।

नम्वर सहितको सुरक्षा जानकारी सम्वन्धी सुचना भएको स्टिकर सवैले देख्ने ठाउँमा टाँसेर खटिएका प्रहरी टोलीले नागरिकसंग अन्र्तक्रिया गरेर फर्कने गरेको छ । यसरी प्रहरी कर्णालीका दश जिल्लाका टोलटोलमा प्रहरी टोली पुगेर स्टिकर टाँस गरेको हो ।

२०८० असार ३१ गते सुरु भएको घरघरमा स्टिकर टाँस अभियानबाट प्रहरी नागरिकको घरमा पुगेर स्टिकर टाँस गरेर परिवारको लगत समेत संकलन गरेको छ । जसका कारण जिल्ला प्रहरी कार्यालयमा विगतभन्दा ५५ प्रतिशत बढी गुनासो र उजुरीका कलहरु आउने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न तथा शंकास्पद वस्तु र ब्यक्तिहरुका बारेमा प्रहरीसंग सिधा कल गर्नका साथै कुनै घटनाबारे प्रहरीलाई जानकारी दिन स्टिकर टाँस भएपछि नागरिकहरु धेरै जोडिएको छन् । प्रहरीलाई घटना स्थल पुग्न छिटो हुने भएकाले अनुसन्धान प्रभावकारी भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले २०८० वैशाख १ गतेबाट थालेको सुरक्षित कर्णाली विशेष अभियान कार्यक्रम अन्र्तगत अन्तरक्रिया गस्ती २२ हजार ५४ पटक, यात्रुमैत्री अभियान ९ हजार ५ सय ८ पटक भई २ लाख ४३ हजार ५२ जना प्रभावित भएका छन् । त्यस्तै निःशुल्क निवेदन लेखनमा सहजिकरण १ हजार ९ सय ४ वटा, नागरिक सहजकर्ता परिचालन २ लाख ३७ हजार २ सय ५६ जना लाभान्वित, पीडित सहायता कार्यक्रम जाहेरी प्राप्त ३ हजार ७ सय १३ वटा र पीडितलाई फोन गरेर जाहेरीबाटे जानकारी २ हजार ७ सय १७ जनालाई दिईएको छ ।

कर्णालीमा लागुऔषध सम्वन्धी लालटिन अभियान अन्र्तगत जिल्ला लालटिन समन्वय डेक्स ६ वटा, पालिका लालटिन समुह गठन ८ वटा, वडा लालटिन समुह ५४ वटा, विद्यालय, कलेट लालटिन समुह ८ वटा गठन गरिएको छ । गठन भएको समुहमा लागुऔषध न्यूनिकरण सम्वन्धी कार्यक्रमहरु तालिम प्राप्त प्रशिक्षकबाट हुनेछन् ।

गुनासो व्यवस्थापनमा कर्णाली प्रदेशको क्यूआर कोष प्रयोग गरी मुद्दाहरु दर्ता गर्ने समेत ब्यवस्था गरिएको छ । २०८० मंसिर ५ गते सुरु भएको यो सेवाबाट ७ वटा गुनासो दर्ता भई ४ वटा सम्वोधन समेत भईसकेको छ ।

कर्णालीका नागरिकहरुको सुरक्षाका लागि प्रदेश प्रहरीबाट विभिन्न कार्यक्रमहरु कडाईका साथ भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भिम प्रसाद ढकालले बताए ।

‘प्रहरी नागरिकसंग घुलमिल भई नागरिकहरुलाई शान्तिको आभास गराउन दिनरात खटिरहेको छ ।’ प्रदेश प्रहरी प्रमुख डिआइजी ढकालले भने, प्रदेशभर प्रहरीले नागरिकमैत्री सेवालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छ ।’