☰ open Loading... 24 February 2024|  

टाइफाइड खाेप सम्बन्धि अभिमुखिकरण
पश्चिम नेपाल   | २९ मंसिर २०८०, शुक्रबार १६:२७

 

दैलेख –दैलेखमा जिल्ला स्तरीय खाेप समन्वय समितिकाे बैठक सम्पन्न भएको छ। स्वास्थ सेवा कार्यालय दैलेखको आयोजना गरिएको टाईफाइ खाेप अभियान परिचयात्मक कार्यक्रम सरकारवाला संग छलफल गरिएको हाे।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेख खाेप व्यवस्थापक थिर प्रसाद रेग्मीले टाइफाइड खाेप सम्बन्धि जानकारी सबैले हुनुपर्ने बताए ।पुषको ७ गतेदेखि २० गतेसम्म टाइफाइड खोप सम्बन्धि अभियान चल्ने स्वास्थ्य सेवा कार्यालय दैलेख खोप व्यवस्थापक थिर प्रसाद रेग्मीले बताए ।उनलेे एक बर्ष बढी उमेरका बालबालिकाकाे लागि खाेप सेवा विस्तार गर्दै जाने उनले जानकारी दिए।
उनलेे दैलेखका सबै पालिकालाई समन्वय गरेर अगाडि बढने जानकारी दिए।

टाइफाइड खोप अभियानको लक्ष्य, उद्देश्य र सञ्चालन प्रक्रिया तथा उपलब्धी तथा अबस्थाको बारेमा सरेकारवालाहरुलाई जानकारी गराई स्थानीय स्तरमा त्यसको पहुँच बृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको उनले बताए ।दैलेखका ११वटा पालिकामा खाेप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिने उनलेे जानकारी दिए।

यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले जिल्लामा खाेप अभियानमा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए ।दैलेख पंञ्चकाेशीकाे जिल्ला हाे।दैलेखको पर्यटकिय क्षेत्रलाई पचारप्रसार गर्न सबैले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनलेे जानकारी दिए।