☰ open Loading... 17 May 2024|  

प्रहरीको गोली लागेर युवकको मृत्यु घटनाको विरोधमा राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | ३० मंसिर २०८०, शनिबार १७:३७

बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिएको छ।

बुधबार सिम्रौनगढ नगरपालिकामा तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी र प्रहरी पक्षबिच झडप हुँदा स्थानीय लक्ष्मी मुखियाको प्रहरी गोली लगेर मृत्यु भएको थियो।

घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मृतक मुखियालाई सहिद घोषणा गर्नुपर्ने, मधेसका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्ने लगायत माग राखी मृतक पक्षले आन्दोलन जारी राखेका छन्। पूर्व पश्चिम महेन्द्र राजमार्गको निजगढमा उनीहरूको प्रदर्शन जारी छ।

बुधबार भएको झडपमा मुख्यमन्त्री यादव र नगर प्रमुखको आदेश अनुसार प्रहरीले गोली चलाउँदा मुखियाको मृत्यु भएको पीडित पक्षको ठहर छ। मुख्यमन्त्री र नगर प्रमुखको आदेशमा गोली चलाउने प्रहरी निरीक्षकलाई समेत कारबाही गरिनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन्।प्रदर्शनकारीको आन्दोलनले यीखेर निजगढ क्षेत्र तनावग्रस्त बनेको छ।