☰ open Loading... 21 May 2024|  

उत्पादनमुखी कार्यक्रमहरुलाइ प्रोत्साहन गर्नेपर्ने जोड
पश्चिम नेपाल   | ४ पुष २०८०, बुधबार ०६:५३

दैलेख -कर्णाली प्रदेशका भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले आर्थिक विकास र समृद्धिको आधार नै कृषि क्षेत्र भएको बताएका छन । दैलेख सदरमुकाममा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनले कर्णाली सरकारले कृषिलाई उत्पादनमा आधारित रहेर काम गर्ने बताएका हुन् ।

पहाडी क्षेत्रहरुमा कृषियोग्य जमिन बाँझो रहने प्रवृत्ति तथा कृषि क्षेत्रवाट युवाशक्ती पलायन हुने समस्यालाई सम्बोधन गर्न पहाडी क्षेत्रहरुमा फलफूल बालीहरुका बँगैचा विकास र विस्तार मार्फत उत्पादन उनले आग्रह गरे ।

कर्णाली प्रदेशमै सुरुवात पहाडी क्षेत्र काष्ठफल तथा फलफुल बिकास आयोजना भएका स्थानिय तहहरुलाई कार्यक्रम प्रभाकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।उनले उत्पादनमुखी कार्यक्रमहरुलाइ प्रोत्साहन गर्नेपर्ने बताए ।

मन्त्री शर्माले प्रविधिको प्रयोग गरेर कृषि, पशुपालन लगायतका क्षेत्रमा लागानी मैत्री वातावरण गराएर कृषकलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले युवा जनशक्ति विदेश पलायनबाट रोग्नका लागि पनि कृषिलाई आधुनिकरण गरेर अगाडी बढ्न जरुरी रहेको बताए ।