☰ open Loading... 3 March 2024|  

सुनको मूल्य ताेलामा एक हजार रुपैयाँले बढ्यो
पश्चिम नेपाल   | ४ पुष २०८०, बुधबार १५:४६

बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार, तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार, तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।