☰ open Loading... 18 May 2024|  

कार्मारोङ गाउँ वर्ष दिनदेखि सुनसान
पश्चिम नेपाल   | ७ पुष २०८०, शनिबार ०६:४७

मुगु । मुगु जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कार्मारोङ गाउँ पालिकाको वडा नं १ को चिताई गाउँका स्थानीयबासी ब्यापार, ब्यवसायका लागि भन्दै अधिकांश गाउँलेहरु २ घण्टाको यात्रा लाग्ने गाउँदेखि तल ‘चिताई कुना’ मा झरेपछि गाउँमा एक बर्षदेखि ताल्चा ठोकेर गाउँ नै सुनसान रहेको छ ।

कार्मारोङ गाउँपालिको उच्च स्थानमा पर्ने यो बस्ती लामा जातिका स्थानीय बासीन्दा हुन । यो बस्तीमा जिल्ला भन्दा बाहीर गएका र जिल्लामै रहेका गरेर ९० भन्दा बढी घरधुरी रहेका छन । उच्च स्थानमा रहेकाले यो बस्तीमा खेतीपातीमा आलु, फापर र नाफल बाहेयक केही अरु बाली नहुने भएपछी खेतीपातीले जिविका चलाउन कठीन हुने हुदा बेसीतिरको जग्गामा आएर गाउँ नै ब्यापार ब्यबसायमा लागेको चिताई गाउँका स्थानीय गोटुप लामाले जनाए ।

दुई, तिन बर्ष अगाडी बेसीतिर चार,पाँच घर झरेपनी गएको बर्षदेखि सिङ्गो गाउँ नै झरेको र कुनै,कुनै घरमा मात्र बृद्ध,बृद्धा मात्र बसेका छन स्थानीय लामाले बताए । गएका बर्षवाट उक्त गाउँका बासिन्दाहरुले चिताई कुनामा बसाई सरेपछि महिनाको एक, दुई पटक आवश्यक परेको बेला, घरमा र गुम्बामा पुजाका लागी मात्र चिताई गाउँमा जाने गर्दछन, भने घरमा ताल्चा ठोकेर चिताई कुनामा बसाई गरेको स्थानीयहरु बताउछन ।

उक्त गाउँका स्थानीयहरुले गएका केही बर्ष अगाडी गाउँको पाखो,वारी खेतीपाती गरेपनी बेसी तिर झरेपछि गत बर्षबाट खेतीपाती गर्न पनी छाडेको चिताई गाउँकी सोनाम लामाले बताईन । खेती भन्दा ब्यापार नै ठुलो र आय बढी हुने भन्दै सो गाउँका सिङ्गो गाउँ नै बेसी झरेर खेतीपाती छाडेका हुन ।

बेसीको चिताई कुनाबाटै नाक्चे लाग्नाा हुदै तिब्बतको हेजीमार सम्म जाने बाटो पनी यही भएकोले नाक्चे लाग्नाको सडक पनी यतै बाट आउने भएकाले यसको भविश्य पनी देखीएकोले सिङ्गो गाउँ नै चिताई कुना झरेको स्थानीय गाउँले बताउछन ।

उक्त गाउँका स्थानीय केही बर्ष खेती झाडे पनि हाल आएर पछुताएको बताउँछन, खेतवारी बाँझो राखेर बेसी झर्दा खेतबारी बाँझीदा पुन खन्नु पर्ने अबस्था देखिएपछि केही स्थानीयहरु पुन खेती तिरै फर्कने गाउँले बताउछन ।

साथै कार्मारोङ्ग गाउँपालिकाको वडा नं १ मा पर्ने यो चिताई गाउँ कर्णालीको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल छायानाथको आधार शिविरमा पर्ने गाउँ पनि हो ।