☰ open Loading... 18 May 2024|  

गजल संग्रह सुस्केरा विमोचन
पश्चिम नेपाल   | १० पुष २०८०, मंगलवार १९:३५

 

कर्णविर शाही दैलेख –दैलेखमा सरोज बिश्वकर्माको गजल संग्रह सुस्केरा विमोचन गरिएको छ । महाबु कला साहित्य समाज महाबुको आयोजना युवा गजलकार सरोज बिन्दास बिश्वकर्माको गजल संग्रह सुस्केरा एक कार्यक्रमको बिच बिमोचन् गरिएको हो।


कार्यक्रममा महाबु कला साहित्य समाज का अध्यक्ष जगत ब्यञ्जनको अध्यक्षता रहेको कार्यक्रममा साहित्यकारहरुले कविता, गजल बाचन गरेका थिए ।

कृति प्रकाशनले सबैलाई उत्प्रेरणा गर्ने महाबु गाउँपालिकाका कार्यबाहक अध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डे बताइन्। उनले श्रष्ट्रा र सृजनालाई बचाइ राख्नुपर्ने उनले जानकारी दिइन् । रचनाबाटै साहित्यकारले सकारात्मक सन्देश दिने भएकाले समाज परिवर्ततमा गजलकारको महत्वपुर्ण भूमिका रहेने अध्यक्ष शर्माले बताइन् ।


यस्तै महाबु गाउँपालिकाका पुर्व अध्यक्ष जंगबहादुर शाहीले सबै गजल पारखी मिलेर अघि बढ्नुपर्ने र साहित्यबाट दैलेखलाई चिनाउन अबको पुस्ताले लागी पर्नुपर्ने बताए ।


कार्यक्रममा दैलेख जिल्ला कला साहित्य प्रतिष्ठान दैलेखका अध्यक्ष कृष्ण देबकोटा (भावुक) सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेश शाखा अध्यक्ष गजलकार बबिता बिष्ट ,गजलकार जगं बोगटी (त्रिवेणी) लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रम सञ्चालन पुष्कर बाबू खड्काले गरेका थिए ।