☰ open Loading... 17 May 2024|  

वडामै पुगेर योजना सम्झौता गर्दै महाबु गाउँपालिका
पश्चिम नेपाल   | ११ पुष २०८०, बुधबार १७:१२

यामराज बिष्ट
दैलेख –दैलेखको महाबु गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ ।गाउँपालिकाले बुधबार महाबु गाँउपालिका वडा नं–६ पुगेर बिनियोजित योजनाको सम्झौता गरेको हो ।
गाउँपालिकाले यसरी अन्य महाबु गाँउपालिकाका सबै वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिहरुलाई राहत हुने महाबु गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत उदयराज उपाध्यायले बताए।

उनले भने गाउँपालिकाका कार्यबाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालन गर्ने योजनाहरुको सम्झौता गरिएको बताए।योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न गाँउपालिकाले वडा कार्यालयमा पुगेर योजना सम्झौताको अभियान संञ्चालन गरिएको प्रमुख प्रसासकिय अधिकृत उपाध्यायले बताए।

यस्तै गाँउपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोलिएको महाबु गाँउपालिका दैलेखका कार्यबाहक अध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डेले बताइन्। चालू आर्थिक वर्षमा सञ्चालन हुने सबै योजनाहरू वडा तहमै सम्झौता गरिने उनले जानकारी दिइन् ।वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँको बारेमा जानकारी प्राप्त हुने र योजना संञ्चालनमा सहज हुने उनले भनिन् ।

कार्यबाहक अध्यक्ष पाण्डेका अनुसार महाबु गाँउपालिका महातहका योजना कुलो मर्मत,साना सिँचाइ,सडक,कुलो मर्मत, खानेपानी तथा सरसफाइ योजना लगायतको सम्झौता गरिएको छ । वडाबाट सेवा पाएपछि गाँउपालिका भरिका स्थानीयलाई राहत मिलेको छ ।