☰ open Loading... 17 May 2024|  

१० जिल्लाका प्रहरी प्रमुख सुर्खेतमा
पश्चिम नेपाल   | १३ पुष २०८०, शुक्रबार १०:२५

प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीमा १० जिल्लाका प्रहरी प्रमुख, अनुसन्धान प्रमुख सहभागी छन् ।
अनुसन्धानमा प्रहरीको भूमिका राम्रो देखिएको मुख्य अतिथि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए । प्रदेश प्रहरी कार्यालयको आयोजनामा भएको गोष्ठीमा उच्च प्रहरी अधिकारीहरू सहभागी छन् । उद्घाटन समाहरोह समापन प्रहरी प्रदेश प्रमुख भीम प्रसाद ढकालले गरेका थिए ।
एक दिन गोष्ठीमा दिनभर प्रदेशभर भए गरेका कामहरु प्रस्तुत हुनेछ । जिल्लाबाट पनि अपराध अनुसन्धानमा गरेका कामहरू प्रस्तुत गरिने जनाइएको छ ।