☰ open Loading... 17 July 2024|  

कोरिया जान माग्दा प्रहरीबाट मारिए दुई युवा
पश्चिम नेपाल   | १३ पुष २०८०, शुक्रबार २३:४४

दैलेखका २१ वर्षीय सुजन रावत कोरियन भाषा पढ्न दुई साता अगाडि मात्र काठमाडौं आएका थिए । कोरियाली भाषा परीक्षाकै तयारीमा भएका ठूलोबुबाका छोरा सजनसँगै दहचोक बसे ।

शुक्रबार बिहान सुजन साथीहरुसँग भाषा पढ्न बागबजार लागे । सजन भने भाषा परीक्षाका लागि आवेदन दिइ पाइने आशमा ग्वार्कोस्थित इपिएस कोरिया शाखाको कार्यालय पुगे ।

उच्च अदालत, पाटनले आवेदन लिनू भन्ने आदेश दिएका कारण अरु युवा पनि त्यहाँ पुगेका थिए । तर कार्यालयले रिट लिएर अदालत गएका १८ जनाको मात्र आवेदन लिने निर्णय गरेको थियो । हिजो बिहीबार पनि २÷३ सय युवा आवेदन दिन पाउनुपर्ने माग गर्दै पुगेकाले शुक्रबार बिहानदेखि सुरक्षाकर्मी तैनाथ दिए ।

सुरक्षाकर्मीले परीक्षा फर्म भर्न पाउनुपर्ने माग गर्दै पुगेका युवाहरुलाई कार्यालयमा प्रवेश नै दिएन । भीड बढ्दै गएपछि उनीहरु संगठित रुपमै आन्दोलित भए । कार्यालय पुग्न बल गर्न खोजेका युवालाई प्रहरीले लखेटेपछि तनाव बढ्यो । आक्रोशित युवाहरु सडकमा भेला भएका बेला मन्त्रीको झण्डाबाला गाडी आयो ।