☰ open Loading... 17 May 2024|  

आइतवार सरकारी गाडी हिड्दुलमा रोक लगाउँछौं ः आन्दोलनकारी
पश्चिम नेपाल   | १४ पुष २०८०, शनिबार १७:५९

ललितपुरको बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनापछि सुर्खेतमा शनिवारदेखि आन्दोलन भईरहेको छ । आन्दोलनमा गृहमन्त्रीको राजीनामासहित उचित क्षतिपूर्ती र मृतक परिवारलाई रोजगारीको माग राखिएको छ । आइतवार सरकारी गाडी हिड्दुलमा रोक लगाउने आन्दोलनका अगुवाहरुले जनाएका छन् । माग पुरा नभएसम्म आन्दोलन क्रमिक रुपमा हुने जनाईएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतवार सरकारी गाडी रोक लगाउने आन्दोलनका एक अगुवा नविन योगीले बताए ।

शनिबार वीरेन्द्रनगरसहित दैलेख बजारमा आन्दोलन गरिएको थियो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो।

मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य भड्किएका थिए। भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबिच झडप हुँदा शुक्रबार दुई जनाको ज्यान गएको हो।

झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका–६, रानीवनका २१ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका–१, सिउडीका २२ वर्षीय वीरेन्द्र शाह छन्।