☰ open Loading... 17 May 2024|  

कर्णालीमा गर्भवतीमध्ये १९ बर्षमुनीका२१ प्रतिशत बालिका
पश्चिम नेपाल   | १५ पुष २०८०, आईतवार ०८:५२

कर्णालीमा गर्भवती भएकाहरुमध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाईएको छ । नेपालमै सवैभन्दा बढी कर्णालीमा १९ वर्षमुनिका गर्भवती हुने गरेको पाईएको हो ।

कर्णालीमा १९ वर्षमुनिका बालिकाहरु २१ प्रतिशत गर्भवती हुने गरेको २०२२ भएको नेपाल जनसाङ्खीक स्वास्थ्य सर्वेक्षणले देखाएको हो । स्वास्थ्य सेवा कार्यालयहरुबाट लिएको तंथ्याकअनुसार सवैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सवैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिकाहरु बालविवाह गरेर गर्भवती हुने गर्दछन् ।

बालविवाह सवैभन्दा बढी दलित समुदायमा हुने गरेको अधिकारकर्मीहरु बताउँछन् । जसमा बादी समुदायमा बढी बालविवाह हुने गरेको छ । दलितपछि बाहुन, क्षेत्री र जनजातीमा बढी बालविवाह हुने गरेको लामो समयदेखि बालअधिकारका क्षेत्र क्षेत्रमा खटिएका अधिकारकर्मी चेतन गिरीले बताए । प्रदेश, स्थानीय सरकारले ठोस कार्यक्रमहरु नल्याउदा बालविवाहको अवस्था झन भयानक रुप लिईरहेको अधिकारकर्मी गिरीले बताए । बालविवाह विरुद्ध साझा अभियान संजालले आयोजना गरेको कार्यक्रममा कर्णालीमा बालविवाहको अवस्था दयनिय भएको पाईएको छ ।

बालविवाह नरोकिनुको प्रमुख कारण सरकारी निकायबाट कानुनको प्रभावकारी कार्यान्वयन नगर्नु नै मुख्य कारण रहेको छ । सरकारी निकायले बालविवाहको उजुरी दर्ता गर्ने, आवश्यक अनुसन्धान गर्ने, अभियोजन गर्ने र दोषीलाई दण्डित गर्ने काम हुन नसक्दा बालविवाहलाई प्रोत्साहन मिलेको अधिकारकर्मीहरु बताउँछन् ।

देखासिकी, बालमैत्री वातावरणको कमी, अशिक्षा, सामाजिक सञ्जालको नकारात्मक प्रभाव लगायतका कारणले बालविवाह हुने गरेको पाईएको छ । त्यस्तै बालविवाहपछि बाल विवाहले मातृ मृत्यु र शिशु मृत्युदर बढाउने, पारिवारीक द्धन्द्ध, सम्वन्ध विच्छेद, बहुविवाहदेखि आत्महत्यासम्मका घटनाहरु देखिन थालेका छन् ।

अन्य प्रदेशमा बालविवाह न्यूनिकरणसम्वन्धी थुप्रै कार्यक्रमहरु भएपनि कर्णाली प्रदेशमा बैंक खाता छोरीको सुरक्षा जिवनभरिको भन्ने कार्यक्रम ल्याएपनि दुई वर्षदेखि बजेट नहुँदा कार्यक्रम हुन सकेको छैन् ।

निति तथा कार्यक्रमहरुमा प्रदेश सरकारको प्राथमिकता नपर्दा कर्णालीमा बालविवाह न्यूनिकरणसम्वन्धी चेतनाका कार्यक्रमहरु हुने गरेका छैन् । केही गैरसरकारी संस्थाहरुले सामान्य कार्यक्रम गरे पनि सिंगो कर्णालीमा बालविवाहको दर भयानक रुपमा जडिएको छ ।