☰ open Loading... 10 September 2024|  

अपांगता भएका ब्यक्तीलाई सम्मान व्यवहार गर्नुपर्ने-नगरप्रमुख शर्मा
पश्चिम नेपाल   | २४ पुष २०८०, मंगलवार १७:५७

दैलेख–नारायण नगरपालिका दैलेखले शिक्षकलाई२दिने क्षमता बिकास तालिम संञ्चालन गरेको छ । बालबालिकाको अपांगता प्रारम्भिक कार्यक्रम अन्तरर्गत नगरपालिका भित्र रहेका शिक्षकलाई दुई दिने क्षमता तालिम दिएको नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्यायले बताए।

उनले बालबिकाश देखि३कक्षा सम्म बालबालिकालाई प्रारम्भिक पहिचान गरेर अपांगता भएका बालबालिकालाई आवश्यकताकाको आधारमा स्वास्थ्य समस्या समधान गरि उपचारका लागि सिफारिस गरिने उनले बताए ।

अपांगता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउन नारायण नगरपालिका भित्रका शिक्षकलाई डाटा संकलन लागी खटाईने समेत शिक्षा शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।
क्षमता बिकास तालिममा सिकेका कुरालाई निरन्तरता दिनुपर्ने नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाले बताइन्। अपांगता भएका नागरिकले आफ्नो हक र अधिकारको बिषयमा जानकारी दिनुपर्नेमा उनले जोड दिइन् ।उनले आवश्यकता अनुसार नगरपालिकाले सहयोग गर्ने बताइन् ।

यस्तै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले अपांगता भएका ब्यक्तीलाई सम्मान व्यवहार गनुपर्ने बताए ।अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनेपर्ने उनले बताए ।सहभागी शिक्षकलाई तालिममा सिकेका कुरा व्यवहार उर्तात आग्रह गरे। नगरपालिकाले आउदा दिनमा यस्ता खाले कार्यक्रम संञ्चालन गर्ने उनले जानकारी दिए ।