☰ open Loading... 14 July 2024|  

नेपाल प्रहरीका १६ डीआईजीको सरूवा
पश्चिम नेपाल   | २४ पुष २०८०, मंगलवार २०:१६

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरूवा भएको छ । गृह मन्त्रालयले मंगलबार १६ डीआईजीको सरूवा–काज गर्ने निर्णय गरेको हो ।

सो क्रममा सातै प्रदेशमा प्रमुख पनि फेरिएका छन् । जसअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रबिन्द्र केसीले जिम्मेवारी पाएका छन् ।