☰ open Loading... 16 July 2024|  

एकआपसमा गाडी ठोकिदाँ ११ घाईते
पश्चिम नेपाल   | २९ पुष २०८०, आईतवार १४:०३

सुर्खेतमा एक आपसमा गाडी ठोकिदाँ ११ जना घाईते भएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित पैसठीमा स्कार्पियो र भ्यान गाडी एकआपसमा ठोक्किदा ११ जना घाइते भएका हुन् ।

वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरित दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान आइतवार दिउँसो एकआपसमा ठोकिएको थियो । घाइतेहरुको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार स्कार्पियो चालक घटनापछि फरार छन् ।