☰ open Loading... 16 July 2024|  

दैलेखमा अबदेखि ‘क्युआर कोर्ड’मार्फत उजुरी दिन मिल्ने
यामराज बिष्ट   | ८ माघ २०८०, सोमबार ०६:५९

 दैलेख –जिल्लामा अब देखि क्यूआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सकिने भएको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले ‘क्युआर कोड’ मार्फत उजुरी वा सुझाव दिन सक्ने व्यवस्था गरेको हो ।
कर्णाली प्रदेश भरि यो अभियान संञ्चालन भएसंगै दैलेख जिल्लाका नागरिकले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सकिने जिल्ला दैलेखका कार्यालय प्रमुख किशोर लम्सालले जानकारी दिए।
घरबाटै क्युआर कोडमार्फत प्रहरीमा उजुरी दिनसक्ने व्यवस्था भएपछि नागरिकलाई राहत मिल्ने कार्यालय प्रमुख लम्सालले बताए ।उनले जिल्लाभरि यो अभियान संञ्चालन गरिएको यस अभियानलाई सबै नागरिकले सहयोग गर्नुपर्ने  जानकारी दिए । यो सेवा सुरु भएपछि अब कुनै उजुरी दिन,गुनासो सुनाउन वा तथ्यांक माग्नुपरेमा प्रहरी कार्यालयमै धाउनुपर्ने बाध्यता हट्ने समेत प्रहरी प्रमुख लम्सालले बताए।क्यूआर कोर्ड सञ्चालनमा आएसँगै अब जिल्ला बासीले प्रहरीमा गुनासो उजुरी दिनुपरे घरबाटै दिन सक्नेछन् ।
जिल्ला बासिले अब घरमै बसेर क्यूआर स्क्यान गरी गुनासो तथा उजुरी दिन मिल्ने भए संगै स्थानियलाई राहत मिलेको स्थानीयको भनाई छ । कर्णाली प्रदेश भरि क्यूआर कोर्ड संञ्चालन भएसँगै अब कर्णाली प्रदेशका १०वटै जिल्लाका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो,जहाँबाट पनि प्रविधि मार्फत प्रहरीमा उजुरी दिन सक्नेछन्। दैलेखमा प्रहरीले आईतबारदेखि नै लागु हुनेगरी क्युआर कोड स्कान गरी गुनासा तथा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ ।