☰ open Loading... 18 May 2024|  

नारायण बहुमुखी क्याम्पसमा उत्प्रेरणा कार्यक्रम
पश्चिम नेपाल   | १५ माघ २०८०, सोमबार ०५:५२

दैलेख- बास नेपाल दैलेख शाखाद्धारा प्राध्यापक र विद्यार्थीलाई उत्प्रेणा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीहरूको पढाइको सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले नारायण बहुमुखी क्याम्पसमा उत्प्रेरणा कार्यक्रम संञ्चालन गरिएको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले बताए।

पढाइको महत्व मानिसले बुझ्न सक्यो भने संसारमा सबैभन्दा शक्तिशाली बस्तु भनेको ज्ञान रहेकोले  यो कार्यक्रमले विद्यार्थीलाई केही सहयोग पुग्ने  उद्देश्यले कार्यक्रम संञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले जीवनमा सिक्नुपर्ने ज्ञान र शिक्षाको महत्त्व तालिम सकारात्मक सोच, जीवन उपयोगी सीप समन्धी प्रशिक्षण नेपाल सरकार पूर्व सचिव, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त र बास नेपालका सल्लाहकार कृष्णहरि बास्कोटा दिएका थिय ।

यस्तै नारायण बहुमुखी क्याम्पसका प्रमुख नर बहादुर शाहीले यस्ता  खालका कार्यक्रम अगामी दिनमा पनि गनुपर्ने बताए ।उत्प्रेरणा कार्यक्रमले  शैक्षिक गुणस्तरमा सहयोग पुग्ने समेत उनले बताए । कार्यक्रममा बास नेपालका केन्द्रिय पुर्ब अध्यक्ष मन भण्डारी र बास नेपाल केन्द्रिय उपाध्यक्ष शिव कुमार बर्मा लगायतको सहभागीता थियो ।