☰ open Loading... 18 May 2024|  

कर्णालीमा ९९ लागूऔषधका मुद्दा
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार १५:१२

पछिल्लो वर्षहरुमा कर्णाली प्रदेशमा लागूऔषधका कारोवारीहरु बढेसंगै मुद्दाहरु बढेका छन् । अहिले कर्णालीमा ९९ वटा लागूऔषधका मुद्दा दर्ता भएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका हिमाली जिल्ला जुम्ला र मुगुमा समेत लागूऔषधको कारोवारीहरु बढ्दो अवस्थामा रहेका छन् । प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोवारी पक्राउ गर्ने गरेको छ । कर्णालीमा प्रहरीले यो आर्थिक वर्षमा १ सय ६१ जना कारोवारी र प्रयोगकर्ता पक्राउ गरेको छ ।

गाउँगाउँमा समुदाय, विद्यालय, कलेजमा लागूऔषध न्यूनीकरणका लागि लालटिन समुह बनाएर अभियान पुगेको छ । तत्कालिन प्रहरी प्रदेश प्रमुख भिम प्रसाद ढकालको कार्यकालमा लागूऔषध न्यूनिकरणमा विशेष अप्रेशन गरिएको थियो । जसका कारण अहिलेसम्मकै धेरै संख्यामा मुद्दा दर्ता भएको हो । प्रदेशभर प्रहरीमार्फत सचेतना कार्यक्रम समेत उत्तिकै भएको छ ।

प्रहरीले कर्णालीमा एक वर्षमा १ सय २१ ग्राम ९ सय ७७ मिलिग्राम ब्राउन सुगर, ३ सय ८० ग्राम ४ सय ४२ मिलिग्राम गाँजा, १ सय ७५ ग्राम चरेश, ९ सय ४० मिलिग्राम अफिम, औषधीजन्य ९९ ट्याबलेट ट्रमाडोल र १७ सि.सि. कोरेक्स बरामद गरेको जनाईएको छ । त्यस्तै कर्णालीका विभिन्न जिल्लामा २९ रोपनी जग्गामा गाँजा र ४ सय ७६ रोपनीमा लगाईएको अफिम नष्ट गरेको छ ।

समुदायसंग मिलेर प्रहरीले लागूऔषध न्युनिकरणका लागि विशेष रुपमा खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) वीरबहादुर ओलीले बताए ।