☰ open Loading... 17 May 2024|  

कर्णालीका नयाँ प्रहरी प्रमुखलाई पत्रकारको सुझाव
पश्चिम नेपाल   | २२ माघ २०८०, सोमबार १६:२१

सरुवा भएका आएका कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) लाल मणि आचार्यलाई सुर्खेतमा कार्यरक्त पत्रकारहरुले सवारी चेकजाँच र लागुऔषध नियन्त्रणमा विशेष रुपमा काम गर्नुपर्ने बताएका छन् ।

पत्रकारसंग भेटघाट कार्यक्रममा डिआइजी आचार्यलाई सवारी चेक, लागुऔषध नियन्त्रण, प्रहरी गस्ति बढाउनुपर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने सुझाव पत्रकारहरुले दिएका हुन् ।

नयाँ सुरुवा भएर आएका डिआइजी आचार्यले प्रदेश प्रहरीले गरेको कामहरुलाई निरन्तरता दिने नयाँ कामहरु परिमार्जन गरेर गर्ने बताए । ट्राफिक प्रहरीको सुधारको विषयमा पनि चर्चा भएको थियो ।

पत्रकारहरु फिल्डमै खटिने भएको हुँदा आवश्यक सुझाव र सहयोग गर्न समेत डिआइजी आचार्यले आह्वान गरे । कर्णालीमा लागुऔषध नयाँ नयाँ नाकाबाट आउने गरेको भन्दै निगरानी राख्न प्रहरीलाई सुझाव समेत दिईएको थियो । कार्यक्रममा सुर्खेतमा कार्यरत पत्रकारहरुसंगै पत्रकार महासंघ जिल्ला र प्रदेश, फोटो पत्रकार महासंघ कर्णाली प्रदेशबाट अध्यक्षहरु सहभागी थिए ।

कार्यक्रममा प्रहरी प्रवक्ता वीरबहादुर ओली, प्रदेश ट्राफिक प्रमुख राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्र सिंह थापा लगायत प्रहरी अधिकृतहरु कार्यक्रममा सहभागी थिए ।