☰ open Loading... 24 February 2024|  

एमालेको दैलेख जिल्ला अध्यक्षमा शाही सर्वसम्मत
यामराज बिष्ट   | १ फाल्गुन २०८०, मंगलवार १७:२६

नेकपा एमाले दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही चयन भएका छन्। एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा ९१सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालय जङ्ग शाह ,उपसचिवमा मीन बहादुर बुढा क्षेत्री ,तारा सोनी सर्वसम्मत चयन भएको नेकपा एमालेका जिल्ला कमीटी सदस्य यामनारायण उपाध्यायले जानकारी दिए। शाहीअघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।जिल्ला विकास समितिका पूर्व उपसभापति शाही जिल्लाको राजनीतिमा चिनिएका नेता हुन् ।

जिल्ला अध्यक्षका लागि चार जना आकांक्षी भएपनि अन्तत शाही अध्यक्षमा चुनिएका हुन्। जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्।
नेताहरुको लामो प्रयासपछि सहमति जुटेको नेकपा एमाले कर्णाली प्रदेशका उप–सचिब रबिन्द्रराज शर्माले जानकारी दिए ।‘जिल्लाका नेता तथा कार्यकर्ताको आग्रह अनुसार नै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका छौ’उनले भने ।९१सदस्यीय जिल्ला कमिटीमा २सय ८०भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।