☰ open Loading... 2 December 2024|  

अध्यारोबाट उन्मुक्ति दिन भन्दै डुङ्गेश्वर–२ ले दियो ज्येष्ठ नागरिकलाई टर्च लाइट
यामराज बिष्ट   | २ फाल्गुन २०८०, बुधबार ०५:२४

दैलेख । डुङ्गेश्वर गाउँपालिका वडा न–२ले ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ६०वर्ष माथीका सबैलाई टर्च लाइट प्रदान गरेको छ। एक कार्यक्रमका बिच वडाका३७ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरिएको हो ।

ज्येष्ठ नागरिकको सम्मानस्वरुप टर्च लाइट प्रदान गरिएको डुङ्गेश्वर –२का वडाध्यक्ष यामबहादुर बिष्टले जानकारी दिए ।

डुङ्गेश्वर गाउपालिका वडा नं–२मा गाँउपालिकाले छुट्टयाएको जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्र्तरगत ३७ जना जेष्ठ नागरिकलाइ अध्यारोबाट उन्मुक्ति पाउनको लागि टर्च लाइट प्रदान गरिएको उनले बताए ।

वडा अध्यक्ष बिष्टले सहज होस भनी ज्येष्ठ नागरिक सम्मान स्वरुप टर्च लाईट बितरण गरिएको उल्लेख गरे । ‘उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकलाई आइपर्ने समस्यामा वडा कार्यालय सहयोगी बनेको हो, ज्येष्ठ नागरिकमैत्री नीति, वडामा कार्यक्रम ल्याउन हाम्रो सधैँ पहल रहन्छ”, उनले भने ।

उनले ज्येष्ठ नागरिकलाईराती वाहिर भित्र जादा उज्यालो आवश्यक भएकाले टर्च उपलब्ध गराईएको उनले बताए ।

ज्येष्ठ नागरिकले टर्च पाएपछि खुशी व्यक्त गरेका छन् ।उनिहरुले नजिकको सरकारले साना साना काममा सम्मान गर्ने कामले सम्मानको अनुभूति भएको बताएका छन् ।