☰ open Loading... 24 May 2024|  

अग्रज कलाकार गौतमलाई दैलेखमा अभिनन्दन
यामराज बिष्ट   | ३ फाल्गुन २०८०, बिहीबार ०५:४२

 

दैलेखका अग्रज कलाकार महोन गौतम अभिनन्दित भएका छन् । बुधबार न्यू ज्वाला क्लब नारायण नगरपालिका दैलेखले ३०औं बार्षिक उत्सबमा गायक गौतमलाई अभिनन्दन गरेको हो ।

अभिनन्दनका क्रममा जिल्लामा नेपाली गीत संगीतमा अवरत रुपमा सदैव सक्रिय भएर अनुकरणीय कार्य गरेकाले गर्दा दैलेखका अग्रज कलाकार मोहन गौतमलाई अभिनन्दन गरिएको न्यू ज्वाला क्लबका अध्यक्ष बिशाल सुनारले जानकारी दिए।
करिब ४ दसक लामो साङ्गीतिक जीवनमा अनबरत रुपमा लागेर आफुलाई स्थापित गराइसकेका गायक गौतमले समाजमा घटेका घटना, परिघटना, यथार्थता, सस्कृती एबम पर्यटन प्रबर्द्धनमा गीतसङीतको माध्यमबाट जिल्लामा यथार्थता झल्काउनमा अतुलनीय योगदान पुर्याए बापत उनलाई अभिनन्दन गरिएको उनले बताए ।
उनलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र नारायण नगरपालिका दैलेखका उप प्रमुख तप्ता कुमारी थापाले संयुक्त रुपमा नगद ११हजार१सय११रुपैंया नगद सहित सम्मान पत्र दोसल्ला ओडाएर अभिनन्दन गरिएको उनले जानकारी दिए ।

नागरिक अभिनन्दनले मलाई अरु काम गर्ने अभिप्रेरणा जागेको गायक मोहन गौतमले बताए ।उनले अझै पनि संगीतमा सिक्नुपर्ने धेरै कुरा भएको जानकारी दिए ।संगीतमा साधना गर्नुपर्ने संगीतको साधना गरेर अगाडि बढ्न सबैलाई आग्रह गरे।
जिल्लामा क्लबले कला क्षेत्रमा थुप्रै काम गरेको क्लबका उपाध्यक्ष अभिषेक अनुरागले बताए ।उनले दैलेखको कला सास्कृति संरक्षण क्लबले थुपै्र काम समेत गरेको उनले बताए ।

यस्तै गीत संगीत क्षेत्रमा दिएको अतुलनीय योगदानलाई उच्च सम्मान गनुपर्ने नारायण नगरपालिका दैलेखका उप–प्रमुखतप्ता कुमारी थापाले बताईन्। उनले दैलेख चिनाउन गायक गौतमले खेलेको भूमिका अतुलनीय रहेकोे जानकारी दिइन् ।

संस्कृतिको धनि देश नेपालको लोकसँस्कृतिको संरक्षणमा गायक मोहन गौतमको ठुलो योगदान रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । गायक मोहन गौतम जस्ता व्यक्तित्वलाई अभिनन्दन गर्न पाउनु अत्यन्तै गौरब महसुस गरेको उनले जानकारी दिए ।

बि.स२००७ सालमा मंसिर१०गते का दिन नारायण नगरपालिका वडा नं–९ साँडुमा जन्मिनु भएका गायक गौतम बिगत ३७ वर्षदेखि कलाकारिता पेशामा संलग्न छन् ।
उनका गीतमा समाजको यथार्थता पाइने गर्छ। आउनु माया दैलेख बजार, के भाउ छ घरबेटी आमा,रोपाई चटारो,लगायतका उनका गीतले दैलेख चिनाउन समाजलाई चेतना दिने गीतहरु दर्जनौँ छन।