☰ open Loading... 23 July 2024|  

डिउटीमा खटेकी महिला प्रहरी जवानको गोली हानी हत्या
पश्चिम नेपाल   | ४ फाल्गुन २०८०, शुक्रबार ०५:२७

दाङको घोराहीमा गोली प्रहारबाट महिला प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापा रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि गोली प्रहार गर्ने उनकै श्रीमान यमबहादुर झाँक्री रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गरे लगत्तै भाग्दै गरेका झाँक्रीलाई लमही नजिकै अर्जुनखोलाबाट पक्राउ गरिएको हो ।

नेपालगञ्जमा प्रहरीमा कार्यरत श्रीमान झाँक्रीले घरायसी विवादका कारण गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको हतियार कहाँबाट र कसरी आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ । घटना करिब साढे ७ बजे भएको हो ।