☰ open Loading... 13 July 2024|  

दैलेखमा सरसफाईकर्मीलाई सम्मान
यामराज बिष्ट   | १० फाल्गुन २०८०, बिहीबार १७:१०

दैलेख–नारायण नगरपालिका कार्यरत सरसरफाई कर्मचारीहरुलाई सम्मान गरिएको छ। कर्मचारीहरुलाई एक कार्यक्रम विच नगद सहित सम्मान गरिएको हो।

ज्येष्ठ नागरिक संघका संस्थापक समाजसेबी इन्दिरा थापाले फोहोर संकलन र व्यवस्थापनको काम गर्दै आएका कर्मचारीलाई नगद सहित खादा ओढाउनुका साथै फूलको गुच्छा दिएर सम्मान गरेकी हुन् ।
नगद सहित सम्मानित हुने कर्मचारीहरुमा नमराज सार्की,मान बहादुर सुनार,सुजन खत्री,घनश्याम सार्की ,थीरबहादुर थापा,पुस्कर थापा,टेकबहादुर चन्द सम्मान गरिएको थियो ।

कर्मचारीको कामप्रति थप जिम्मेवार बनाउन, राम्रो सेवा प्रवाह गर्न प्रेरित गर्न उदेश्यले वातावरण शाखाका कर्मचारीलाई सम्मान गरिएको दैलेखमा ज्येष्ठ नागरिक संघका संस्थापक इन्दिरा थापाले बताइन् । वातावरण संरक्षणमा सरसफाई गर्ने व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने भएकाले प्रोत्साहन एवं हौसला बढाउनका लागि सम्मान गरेको उनले जानकारी दिइन् ।

नारायण नरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले यो काम सराहनीय रहेको भन्दै वातावरण शाखाका कर्मचारीहरुले लामो समय देखि उत्कृष्ट भन्दै प्रसंसा गरे। उनले कर्मचारीहरुको मनोवल अभिवृद्धिका लागि सम्मान गरिएको सम्मानले कर्मचारीलाई हौसला प्राप्त हुने बताए ।उनले कर्मचारीहरुलाई इमान्दारी पूर्वक सरसफाई कार्यमा लाग्नका लागि निर्देशन समेत दिएका थिए ।