☰ open Loading... 17 July 2024|  

भैरव माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शशिराम विश्वकर्मा निर्वाचित
पश्चिम नेपाल   | १२ फाल्गुन २०८०, शनिबार २०:४२

दैलेख -नौमूले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शशिराम विश्वकर्मा निर्वाचित भएका छन्।नेपाली काँग्रेस, माओवादी केन्द्रर समाजवादी पार्टीको तीन दलीय वाम लोकतान्त्रिक गठबन्धनका उम्मेददारलाई पराजित गर्दै विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित विश्वकर्माले तीन दलिए गठबन्धनमा उम्मेदवारलाई ८५ मतको अन्तरले पराजित गरेकाे मतदान अधिकृत जगत बहादुर सिंहले बताए । व्यवस्थापन समितिमा विश्वकर्मा सहित अन्य तीन जना सदस्य समेत उनको प्यानलबाट विजयी भएको उनले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ५ सय ७८ जना अभिभावकले मतदान गरेका थिए । विद्यालय ब्यवस्थापन समितिको सदस्यमा अर्जुन बहादुर चन्द, वर्षा थापा मगर र डिल कुमारी थापा मगर विजयी भएका छन् । अध्यक्षमा निर्वाचित विश्वकर्माले आफ्नो दोस्रो कार्यकालमा विद्यालयको भौतिक संरचनादेखि शैक्षिक अवस्थालाई अघि बढाउन पहल गर्ने बताए । तत्कालिन समयमा विद्यालयमा पुस्तकालय, भवन निमार्ण गरिएको गरिएको उनले जानकारी दिए। विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिमा लागिपर्ने उनले बताए ।