☰ open Loading... 24 May 2024|  

गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक
पश्चिम नेपाल   | १३ फाल्गुन २०८०, आईतवार २१:२४

प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । शनिबार राति करिब साढे १० बजेको समयमा गिरी सवार गाडीमाथि वीरेन्द्रनगर नगरपालिका– १ स्थित गैरीचोकमा गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गिरीको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न मोटरसाइकलचालक कैलाली गौरीगंगा नगरपालिका– २, का १८ वर्षीय इन्द्र विक, सोही ठाउँ बस्ने १८ वर्षीय भरत भुललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

यस्तै, गिरीमाथि गोली प्रहार गर्ने भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत र उनलाई सुर्खेतमा बासको व्यवस्थापन गर्ने वीरेन्द्रनगर– ४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हाे ।