☰ open Loading... 24 May 2024|  

आठविस नगरपालिकामा दुई दिनदेखि तालाबन्दी
गणेश बहादुर शाही, राकमकर्णाली   | १४ फाल्गुन २०८०, सोमबार १८:२३

दैलेखको आठबिस नगरपालिकामा दुई दिनदेखि तालाबन्दी भएको छ । नेपाली काँग्रेस नगर समितिले विभिन्न माग राखेर आईतवारदेखि धर्नासहित तालाबन्दी गरेको हो ।

पटक पटक विज्ञप्ती मार्फत नगर प्रमुखलाई ध्यानआर्कषण गर्दा समेत माग पुरा नभएपछि बाध्य भएर नगरमा तालाबन्दी गर्नुपरेको नगर समितिका सभापति अर्जुन बहादुर शाहीले बताए ।

सोमवार भएको नगर उपप्रमुख कल्पना थापा चन्दसहित काँग्रेस नेता तथा वार्ता संयोजक प्रेम प्रकाश शाहीसहित काँग्रेसका नेताहरु, जनप्रतिनिधिहरुसहित बसेको बैठकले नगर प्रमुखको उपस्थितिमा पुनः बैंठक बस्ने गरी वार्तालाई निरन्तरता दिने निर्णय भएको आठविस काँग्रेसका सभापति अर्जुनबहादुर शाहीले बताए ।

नगरमा भएका बेथिति र काममा ढिलासुस्ती विरुद्ध आन्दोलन गर्नुपरेको काँग्रेस नेताहरुको भनाई छ ।

काँग्रेस आठविस नगर समितिले ६३ बुदें मागहरुसहित लामो समयदेखि आन्दोलनमा रहेको छ । बारम्वार मागहरु राख्दा समेत सुनुवाई नहुँदा बाध्य भएर धर्नादेखि तालाबन्दीसम्मको कार्यक्रम राख्नु परेको काँग्रेस नेताहरुले बताएका छन् । सोमवार (आज) बाख्रेकोट बजारमा कोणसभा गर्दै भोलि थप कार्यक्रम घोषणा गर्ने काँग्रेस आठविस नगर समितिले जनाएको छ ।