☰ open Loading... 21 May 2024|  

पेट्रोलियम पदार्थले देश समुनत हुन्छ ः मन्त्री गुरुङ्ग
पश्चिम नेपाल   | १७ फाल्गुन २०८०, बिहीबार २०:३६

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण भईरहेकोले उत्खनन् सुरु भएपछि देशकै मुहार परिवर्तन हुने नेपाली काँग्रेसका उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धन राज गुरुङ्गले बताएका छन् ।
तेस्रो कर्णाली प्रादेशिक औद्योगिक ब्यापार मेला तथा दैलेख महोत्सवका प्रमुख अतिथि गुरुङ्गले पेट्रोलियम पदार्थ उत्पादन सुरु भएमा दैलेख मात्र नभई सिगों देश समुनत हुने बताएका हुन् ।

पेट्रोलियम पदार्थको अन्वेषण सकिने तयारीमा हुँदा देशले धेरै आशा राखेको समेत उनले बताए ।

मन्त्री गुरुङ्गले त्रिदेशिय सडकको तिव्र निर्माण भईरहेको बताए । नेपालगंजदेखि सुर्खेत दैलेख महावु हुँदै जुम्ला मुगु नाग्चेनाग्लासम्मको लागि बजेट विनियोजन भएको समेत जानकारी गराए । कर्णालीको विकासका लागि सरकारले महत्वका साथ बजेट विनियोजन गरेको बताए ।

दैलेख महोत्सवले जिल्ला मात्र नभई कर्णाली प्रदेशभरको उत्पादनलाई देशविदेशमा चिनाउन र पर्यटन प्रर्वधन गर्न कोशेढुंगा हुने संयोजक तथा दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले बताए । महोत्सवमा संघिय सांसदहरु, प्रदेशका मन्त्री तथा सांसदहरु सहभागी थिए।