☰ open Loading... 21 April 2024|  

कर्णालीमा दिनभर वर्षा हुने
पश्चिम नेपाल   | १९ फाल्गुन २०८०, शनिबार ०८:१२

पश्चिमी वायुका कारण आज दिनभर कर्णाली र सुदूरपश्चिम केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार कर्णालीका अधिकाँश स्थानमा साधारणतया बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले अपिल गरेकाे छ ।

यी क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि अनुरोध गरिएकाे छ ।