☰ open Loading... 14 December 2024|  

कर्णालीमा धन्नै ५ सय मानव अधिकार उल्लङ्घनका घटना
पश्चिम नेपाल   | १९ फाल्गुन २०८०, शनिबार ०८:१६

कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णाली प्रदेशमा सन् २०२३ मा ४ सय ९९ जना व्यक्ति पीडित भएका छन् ।
इन्सेकले अभिलेख गरेका घटनामा एक वर्षको अवधिमा ४० जना राज्यपक्षबाट र ४ सय ५९ जना गैरराज्यपक्षबाट पीडित भएका छन् ।