☰ open Loading... 3 May 2024|  

विद्यालय खाताको रकम हिनामिना
गणेश बहादुर शाही, राकमकर्णाली   | २२ फाल्गुन २०८०, मंगलवार १८:२८

दैलेखको आठबिस नगरपालिका – ७ स्थित श्री झाउरे पिपल आधारभूत बिद्यालयको खातामा भएको रकम हिनामिना भएको पाईएको छ । विद्यालयमा रहेको ७ लाख रकम हिनामिना भएको पाईएको हो ।

बिद्यालयका शिक्षक बिद्या प्रसाद चौधरी प्रधानाध्यापक भएको समयमा रहेको बेला बेरुजी बापतको ७ लाख रुपैँया अहिले खातामा नहुँदा बिद्यालयको खातामा जम्मा गरेको र, त्यो रकम पनि बिद्यालयको खाताबाटै हिनामिना गरेको पाईएको छ । उनले प्रधानाध्यापक हुँदा विद्यालयले बेरुजी निकालेको असुल वापत ७ लाख रकम खातामा जम्मा गरेका थिए ।

खातामा रहेको पैसा निकालेर २ कोठाको भवन निर्माण गर्दा खर्च भएको र नगर पालिकाबाट बिल भुक्तानी भएपछि विद्यालयकै खातामा जम्मा गर्ने विद्यालयका प्रधानाध्यापक लक्ष्मी शाहीले प्रतिक्रिया दिएकी छिन् । तर, विद्यालय श्रोतका अनुसार विद्यालयको रकम अनियमित रुपमा झिकेर खर्च गरेको दावी छ ।

भवन बनाउने बेलामा १ लाख ५० हजार बिद्यालय व्यवस्थापन समितिले विद्यालयलाई छोडेको र विद्यालयमा उपस्थिति नभएको भन्दै १ महिनाको केही शिक्षकहरुको तलब काटेर बिद्यालयको खातामा राखेको पैसा पनि खातामा भएनभएको थाहा नभएको र विद्यालयमा २ बर्षदेखि सामाजिक लेखा परिक्षण नगरेकोले हिसावकिताव सार्वजनिक हुँन नसकेको विद्यालयका शिक्षक जया बहादुर शाहीले जानकारी दिए ।

विद्यालयको शौचालय बनाउने बेला विद्यालय व्यवस्थापन समितिले २ कोठे भवनको शौचालय बनाउने भनेर निर्णय गरे पनि नियम विपरित शौचालय बनाएको विद्यालय व्यवस्थापन समितिका सदस्य बिष्ण बहादुर शाहीले बताए ।