☰ open Loading... 14 April 2024|  

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा
पश्चिम नेपाल   | २३ फाल्गुन २०८०, बुधबार १७:२०

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले संवैधानिक निकायमध्ये लामो इतिहास बोकेको आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवद्र्धन र संवद्र्धन गर्न र मातहतका कार्यालयमा आवश्यकताअनुसार समन्वय, सहकार्य र सहजीकरण गरी आपसी कार्यगत सम्बन्ध एवं समन्वयलाई कार्यरुप दिन राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिए।