☰ open Loading... 4 November 2024|  

३० गते विश्वासको मत लिने प्रधानमन्त्री ‘प्रचण्ड’को तयारी
पश्चिम नेपाल   | २७ फाल्गुन २०८०, आईतवार ०५:१९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते काँग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका ‘प्रचण्ड’ले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन् । दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए । ‘प्रचण्ड’ले दलको बैठकमा भनेका थिए, ‘सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लागौँ ।’

माओवादीका एक सांसदका अनुसार फागुन ३० मा सांसदहरूलाई ह्विप लगाउने विषयमा संसदीय दलमा छलफल भएको छ । सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।