☰ open Loading... 14 April 2024|  

जिप दुर्घटना ६ को मृत्यु, ७ घाइते
पश्चिम नेपाल   | १ चैत्र २०८०, बिहीबार १५:१९

उदयपुरको बेलका नगरपालिका– ७ मा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गाडी भीरबाट ५ सय मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालयका उदयपुरका एसपी रमेश थापाले दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन। भोजपुरको घोडेटारबाट सुनसरीको धरान जाँदै गरेको जिप दुर्घटना भएको हो। घटनास्थलमा ६ जनाको शव फेला परेको छ। सात जना घाइते भएका छन्। मृतक र घाइतेहरूको विवरण आउन बाँकी छ।

भोजपुरदेखि धरानतर्फ गइरहेको नं. नखुलेको बोलेरोमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। बेलका रामपुरदेखि ४८ किलोमिटर पूर्वोत्तरमा पर्ने घटनास्थलमा उदयपुर र भोजपुर दुवैतिरबाट टोली खटेको तर नपुगिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

विहान ११ः०० बजे दुर्घटना भए पनि खराब बाटो भएकाले घटनास्थल पुग्न अझै एक÷डेढघण्टा लाग्ने जनाइएको छ। घटनास्थलतर्फ जाँदै गरेको इप्रका रामपुरको टोलीले सञ्चार नेटवर्क नचल्ने र बाटो पनि खराब रहेकाले उद्धार कार्यमा ढिलाई भएको जनाएको छ।