☰ open Loading... 20 April 2024|  

पेट्रोल र डिजेलको मूल्य घट्यो
पश्चिम नेपाल   | २ चैत्र २०८०, शुक्रबार २२:३६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पछि निगमले शुक्रबार मूल्य समायोजन गरेको हो। मूल्य घटे पछि काठमाडौंमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय ५८ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

घटेको मूल्य शुक्रबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत रहेको छ।