☰ open Loading... 19 April 2024|  

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु
पश्चिम नेपाल   | ४ चैत्र २०८०, आईतवार ०६:५६

सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४, का ३६ वर्षीय धनराज सलामी रहेका छन् ।

घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि मेहलकुना अस्पताल पुर्याउँदा अस्पतालले मृत्य घोषणा गरेको प्रहीले जनाएको छ।