☰ open Loading... 14 April 2024|  

सडक दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु
पश्चिम नेपाल   | ५ चैत्र २०८०, सोमबार १०:४७

भैरहवामा भएको सडक दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको छ। भैरहवाबाट लुम्बिनी आउँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि सडकमा ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।