☰ open Loading... 20 April 2024|  

उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई निर्वाचन चिह्न प्रदान
पश्चिम नेपाल   | ६ चैत्र २०८०, मंगलवार ०६:१२

 उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई निर्वाचन चिह्न प्रदान गरिएकाे छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई निर्वाचन चिह्न प्रदान गरेको हाे ।

इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरिएकाे जानकारी दिइएकाे छ ।

निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम इलाममा  २० र १९ राजनीतिक दललाई दर्ता गरिएको जानकारी दिइएकाे छ ।