☰ open Loading... 15 October 2024|  

शैक्षिक सुधारका लागि विद्यालय अनुगमन
यामराज बिष्ट   | ७ चैत्र २०८०, बुधबार ०५:३३

दैलेख–नारायण नगरपालिका दैलेखले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा जानकारी लिन सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । नरपालिकाले मंगलबार त्रिभुवन माध्यमिक विद्यालय,जनता आधारभूत विद्यालय ,रेडक्रस माध्यमिक विद्यालय,जनजागृति आधारभूत विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाले शिक्षामा गुणस्तरता आउनुपर्ने बताइन् । नगरपालिका भित्रका विद्यालयहरूको कक्षा१देखि ९कक्षा सम्म संञ्चालन भएको बार्षिक परिक्षाको अनुगमन गर्ने क्रममा शिक्षा क्षेत्रमा भएका समस्या गर्न सबैको महत्वपुर्ण भूमिका रहने उनले जानकारी दिइन् ।

उनले विद्यालयमा गुणस्तरिय शिक्षा अध्ययन अध्यापनका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको भुमिका बढि हुने जानकारी दिइन्।अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, आर्थिक पारदर्शिता, शिक्षण सिकाइको अवस्था, लगायत विषयमा जानकारी लिइने गरेको नगरउपप्रमुख थापाले जानकारी दिइन् । उनले नारायण नरपालिकाले शिक्षा क्षेत्रमा सक्ने सहयोग गर्ने समेत बताइन् ।

यस्तै वार्षिक परिक्षा संचालनको भएका विद्यालयमा भर्ना भए अनुसारका विद्यार्थीहरु परिक्षामा पुर्ण रुपमा उपस्थित नभएको बिद्यालयका भवन जीर्ण अवस्थामा रहेको बिद्यार्थीको अभाव लगायतका समस्याहरु अनुगमनका क्रममा देखिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पुर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले विद्यालय प्राङ्गणभित्र सरसफाइका सवालमा विद्यालयले सुधार गर्नुपर्ने बताए । विद्यालय भर्ना भएर विद्यालय नियमित नआउने विद्यार्थीहरुलाई नियमित गर्नका लागि बिद्यालय ब्यबस्थापन समिति र अभिभावकहरु बिच अन्तत्र्रिmया तथा सचेतनामूलक सन्देश प्रवाह गरी उनीहरुका समस्याहरुलाई बुझेर बिद्यालय नियमित गराउनु पर्ने आवश्यक देखिएको उनले  बताए ।

नगरपालिकाका भित्र सामुदायिक तथा निजि गरि जम्मा४६वटा विद्यालयहरुमा परिक्षा शुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपाध्यालले जानकारी दिए । अनुगमन गरेका परिक्षा केन्द्रमा शान्त वातावरण तथा मर्यादित तरिकाले परिक्षा संञ्चालन भएको पाइएको उनले बताए।

विद्यालय अनुगमनमा नारायण नगरपालिका बालबिकास संयोजक कर्ण केसि ,महिला बालबालिका शाखा प्रमुख गोमा केसि नारायण नगरपालिका–३का वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय,पत्रकार लगायतको टोली सहभागी थियो ।