☰ open Loading... 18 September 2024|  

बेलासपुर मन्दिरको घण्टीहरु सडक यत्रतत्र
पश्चिम नेपाल   | ८ चैत्र २०८०, बिहीबार १४:०८

दैलेख सदरमुकाममा रहेको प्रशिद्ध वेलासपुर मन्दिरमा चढाईएको घण्टीहरु चोरी गरि लैजाने क्रममा सडकमा थुपारिएको अवस्थामा फेला परेको छ । स्थानीयहरुले घण्टीहरु मन्दिरभन्दा एक सय मिटर तल सडकमा यत्रतत्र अवस्थामा फालेको अवस्थामा देखेपछि प्रहरीसहितको टोली पुगेको हो ।

श्रदालुहरुको आस्थामा आँच पुग्ने गरि श्रदालुहरुद्वारा चढाईएका घण्टहरु चोरी गरि वेवारिसे अवस्थामा फाल्नु निन्दनिय र घृणित कार्य भएको वेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवद्र्वन तथा व्यबस्थापन समितिका अध्यक्ष भुपेन्द्र शाहीले बताए ।

‘स्थानीय र प्रहरीको सहयोगमा घण्टहरु मन्दिरमा लगिएको छ ।’ अध्यक्ष शाहीले भने, घण्ट चोर्नेहरुमाथि प्रहरीले अनुसन्धान गरी कार्वाहीका लागि अपिल गर्दछौं ।’
मन्दिर ब्यवस्थापनले मन्दिरमा रहेका सामाग्रीहरुको सुरक्षाको समेत माग गरेको छ । चोरी हुन थालेसंगै मन्दिर आसपास सिसि क्यामरा राख्नुपर्ने आवाज समेत उठेको छ । चोरीएका घन्टीहरु पुराना ऐतिहासिक रहेको जनाईएको छ ।

वेलासपुर मन्दिरभित्र वटुक भैरवको पुजाअर्चना हुने गर्दछ । घण्ट फालिएको भन्दै जिल्लाभर सामाजिक सञ्चालमा विरोध भएको छ ।