☰ open Loading... 30 April 2024|  

आईपीएलमा आज दुई खेल हुँदै
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार १०:०१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई वटा खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबिच हुनेछ भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।

शुक्रबारदेखि भारतमा सुरु भएको खेलको उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।

उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको तियो । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।